हेटौंडा उपमहानगरपालिकामा उपमेयरको उम्मेदवार सुमित्रा काफ्लेले घटना दर्तालाई प्रभावकारी बनाउन प्रोत्साहन गरिने नीति एमालेले लिएको बताइकी छिन् । ३५ दिनभित्र घटना दर्ता गर्नेलाई एक हजार प्रोत्साहन रकम प्रदान गरिने संकल्प एमालेले गरेको काफ्लेले बताएकी हुन् । आसन्न स्थानीय तह सदस्य निर्वाचनको चुनावी कार्यक्रममा बोल्दै आज हेटौंडा १६ हटीयामा उनले यस्तो बताएकी हुन् ।
घटना दर्ताले स्थानीय तहको मात्रै नभइ राष्ट्रिय विकास निर्माणको लागी नीति बनाउनसम्म गहिरो अर्थ राख्दछ । समयमै घटना दर्ता निति तथा योजना बनाउन तथ्यगत आधार तय हुन्छ । नेकपा एमालेबाट हेटौंडाको उपमेयरको उम्मेदवार रहेकी काफ्ले हटीयाको कृषिभूमिमा अत्यधिक संभावना रहेको बताउँदै भनिन् “यही भूमीलाई नीतिगत रुपमा व्यवस्थित गर्दै आय आर्जन र उद्यममा जोडेर समृद्धि ल्याउन सकिन्छ, हामीले यसको लागि पनि योजना बनाएका छौ ।”
महिलालाई उद्यममा जोड्न सिप क्षमता विकास र सशत्तिकरणमा ध्यान दिने उनले बताइन् । समाजलाई समृद्धि बनाउँन, समाजिक क्षेत्रको विकास गर्न, साँस्कृत धरोहरहरुको संरक्षण र सम्बद्र्धन गर्न एमाले सरकाले ध्यान दिने उनले बताइन् । यसको लागि हेटौंडा नगरमा एमालेले नेतृत्व पाएपछि स्थानीयवासीकै सहकार्य र सल्लाह बमोजिम अघि बढ्ने उनले बताइन् ।
“उपमहानगरको समृद्धिले ५ वर्षपछि महानगरको लागि आधार तय गर्नेछ” काफ्लेले भनिन् “हामी महानगरको संकल्प पनि अहिले नै बोकेर हिडेका छौ, जसले आधार बनाउने छ भोलीको लागि ।”
कृषिजन्य उत्पादनमा जोडिएर १ जनाले उद्यम गर्दा १०÷१५ जना अरुले रोजगारी पाउन सक्ने संभावनालाई व्यवहारमा उतारेर देखाउने तागत एमालेमा रहेको उनले बताइन् ।
यसै गरी टोल र घर छेउको सामुदायिक विद्यालयको गुण्स्तर विकासको योजना पनि एमालेले बनाएको उनले बताइन् । “हामीले शहरी स्वास्थ्य केन्द्रलाई अझै व्यवस्थित बनाउने छौ” काफ्लेले भनिन् “शहरी स्वास्थ्य केन्द्रमा चिकित्सक तथा ल्याबको व्यवस्था गर्नेछौ ।”