प्रतिनिधि सभातर्फको जारी मतगणनामा शनिबार साँझसम्म समानुपातिकतर्फ ७५ लाखभन्दा बढी सदर मतको गणना भएको छ । अहिलेसम्म सदर भएको ७५ लाख ७३ हजार ४ सय ४४ मतमध्ये नेकपा एमाले र नेपाली काँग्रेस मात्रै ४० लाखभन्दा बढी मत पाएका छन् । एमालेले २०७८३९७ अर्थात् २७.४४ प्रतिशत मत पाएको छ भने एमालेले २००५१४१ अर्थात् २६.४७ प्रतिशत मत पाएको छ ।
तेस्रो स्थानमा रहेको नेकपा (माओवादी केन्द्र) ले ८ लाख ८९ हजार ७५५ अर्थात् ११.७४ प्रतिशत मत ल्याएको छ । चौथो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले ८ लाख ५४ हजार ९४ अर्थात् ११.२७ प्रतिशत मत पाएको छ । पाँचौँ स्थानमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीले ४लाख ५६ हजार ८२६ अर्थात् ६.३१ प्रतिशत मत ल्याएको छ । छैटौँ स्थानमा रहेको जनता समाजवादी पार्टीले २ लाख ४६ हजार ६२७ अर्थात् ३.२५ प्रतिशत मत पाएको छ ।
नेकपा (एकीकृत समाजवादी) ले भने राष्ट्रिय पार्टी बन्न चाहिने तीन प्रतिशतको थ्रेस होल्ड अहिलेसम्म कटाउन सकेको छैन । अहिलेसम्म उसले १ लाख ८९ हजार ८९६ अर्थात् २.५० प्रतिशत मत मात्र पाएको छ ।