आईसीसी एकदिवसीय क्रिकेट विश्वकमा अफगानिस्तानले भारतलाई २ सय ७३ रनकाे लक्ष्य दिएकाे छ । दिल्लीकाे अरुण जेट्ली स्टेडियममा टस जितेर ब्याटिङ गरेकाे अफगानिस्तानले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ७२ रन बनायाे । अफगानिस्तानका हश्मतुल्लाह शाहिदीले सर्वाधिक ८० रन बनाए । यस्तै अजमतुल्लाह ओमरजाईले ६२ रन जाेडे । बलिङतर्फ भारतका जसप्रीत बुमराहले ४ विकेट लिए ।