हेटौंडा । प्रतिनिधि सभा मकवानपुर क्षेत्र नम्बर–२ का नेकपा एमालेका तर्फबाट उम्मेदवार महेश कुमार बर्तौलाले आफु रुपचन्द्र बिष्टको बाटोमा हिड्ने बताउनु भएको छ । मकवानपुरको थाहा नगरपालिका–३ शिखरकोट बजारमा बिहीबार एमालेले गरेको आमसभालाई संबोधन गर्दै उहाँले रुपचन्द्र बिष्टको बाटोमा हिड्दै जनमुखी राजनतिमा पूर्ण प्रतिवद्द रहने बताउनुभएको छ । उहाँले आफु अरु जस्तो रुपचन्द्र बिष्टको चेला भनेर उहाँकै नाम बेचेर हिड्ने नभई उहाँले प्रतिपादन गर्नुभएको जनमुखी राजनति प्रति पूर्ण प्रतिबद्ध भएर अगाडी बढ्ने बताउनुभयो ।

रुपचन्द्र विष्ठको शालिक नजिकैबाट बोल्दै उहँँले बिरोध खतिवडालाई राजनीतिमा ल्याएको तर रुपचन्द्रकै राजनीति सकाउनका लागि खतिवडा लागिपरेको वताउनुभयो । रुपचन्द्र विष्टले गरेका अधुरा सपनालाई अब आफुले पुरा गर्ने र त्यही बाटोमा हिड्ने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो । रुपचन्द्रको सम्झना गर्दै उहाँ भाबुक पनि हुनुभयो ।

उहाँले बिरोध खतिवडाले त्यतीबेला चुनाव जितेपछी रुपचन्द्रको राजनीति सकाउन लागिपरेको आरोप लगाउनुभयो । रुपचन्द्रको चेला भन्नेहरु र विष्टको नजिकमा हिडेकाहरु खतिवडालाई नै अहिले काँधमा बोकेर हिडेकोमा बर्तौलाले आपत्ति जनाउनुभयो । थाहा आन्दोलनका योद्धाको शिक्षाबाट नै आफु अगाडी बढ्ने उहाँले वताउनुभयो । थाहा नगरपालिका, भीमफेदी लगायतका क्षेत्रलाई पर्यटक करिडोर निर्माण गर्ने प्रतिवद्धता बर्तौलाले वताउनुभयो । जिल्लाको उत्तरी क्षेत्र थाहा क्षेत्रलाई तरकारी र पर्यटकिय केन्द्रका रुपमा अगाडी बढाउने उहँँले वताउनुभयो । कार्यक्रममा सहभागिहरुले एमालेका युवा नेता र बौधिक नेतालाई उम्मेदवार ल्याएकाले चुनाव जिताउने वताएका छन् । कार्यक्रममा गायीका चन्दा अर्यालले सांगितीक प्रस्तुति समेत गर्नुभएको थियो ।