हेटौंडा । ‘मंसिर ४ ओली सरकार’ को नारासहित हेटौंडामा बिहीबार नेकपा एमालले शक्ति प्रर्दशन गरेको छ । मंसिर ४ गते हुने निर्वाचनको प्रचार प्रसारको अन्तिम दिन आज हेटौंडाको मुख्य शहरसहित १९ वटै वडा र जिल्लागत रुपमै व्यपक जनसहभागितामा ¥यालि निकालिएको हो ।

यसअघि वडा वडामा सभा र घरदैलो कार्यक्रममा व्यस्त भएको एमालेले आज हेटौंडा बजार क्षेत्रको मुख्य सडकलगायत विभिन्न वडामा बृह्त ‘मंसिर ४ ओली सरकार’ भन्ने नारा सहित रयाली निकालेको हो । बजार क्षेत्रमा नेकपा एमालेको हेटौंडा वडा नम्बर–२, ४, ५ र १० नम्बर वडाको संयुक्त रयाली निकालेको थियो । भने, वडा नम्बर ९, ८,११, १२, १३ लगायतका वडामा वडागत रुपमा ¥याली निकालिएको थियो । हेटौंडाको मुख्य बजार परिक्रमा गरेर सिमाचोकमा आएर सभामा परिणत भएको थियो । हेटौंडाको बाइपास रोडचोकबाट सुरु भएको रयालीले मेनरोड, सिमाचोक, स्कुलरोड, संगमचोक, मकवानपुर उद्योग बाणिज्यसंघचोक, बुद्धचोक लगायतका क्षेत्रहरु परिक्रमा गरि सिमाचोकमा आएर सभामा परिणत भएको थियो ।

सभालाई नेकपा एमाले क्षेत्र नम्बर–१ का उम्मेदवार कमल थापा र क्षेत्र नम्बर–१ को प्रदेशसभा (ख) का उम्मेदवार एकालाल श्रेष्ठले संबोधन गर्नुभयो । उहाँहरु दुवै जनाले ‘मंसिर ४ ओली सरकार’ भन्ने नारा जोडले लगाउनु भएको थियो । कार्यक्रममा एमाले उम्मेदवार थापाले अब एमालेको जितलाई कसैले पनि रोक्न नसक्ने बताउनुभयो । मंसिर ४ गतेको चुनावपछी अध्यक्ष ओलीको नेतृत्वमा सरकार बन्ने वताउनुभयो । मकवानपुरमा र बिशेषगरी क्षेत्र नम्बर–१ मा एमालेले धेरै विकास निर्माणका कामहरु गरेको र प्रदेश राजधानी तोक्ने काम पनि आफुहरुले गरेको वताउनुभयो ।

कार्यक्रममा एमाले मकवानपुरका अध्यक्ष तथा प्रदेशसभाका उम्मेदवार एकालाल श्रेष्ठले मकवानपुरमा ६ वटै उम्मेदवारले सहज रुपमा मंसिर ४ गतेको चुनावमा जित हासिल गर्ने वताउनुभयो । अब प्रदेश र संघ एमालेको नेतृत्वमा सरकार बनेपछी एमालेले हेटौंडामा र जिल्लैभरी गरेका विकासका अधुरा कामहरुलाई पुरा गर्दै अरु विकास निर्माणका धेरै काम गर्ने वताउनुभयो । कार्यक्रममा एमालेका संघ र प्रदेश स्तरका नेताहरुले कार्यक्रममा सम्बोधन गर्नु भएको थियो ।