निर्वाचन आयोगले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फ अन्तिम बन्दसूचीमा नाम रहेका उम्मेदवारहरूलाई परिचयपत्र उपलब्ध गराउने भएको छ । समानुपातिक निर्वाचन प्रणालीतर्फ अन्तिम बन्दसूचीमा नाम रहेका प्रतिनिधिसभा तथा प्रदेशसभातर्फका उम्मेदवारहरूले परिचयपत्र माग गर्न आएमा त्यस्ता उम्मेदवारहरूलाई आयोगको वेबसाइटमा रहेको प्रतिनिधिसभा र प्रदेशसभा समानुपातिक निर्वाचनका लागि प्रकाशित उम्मेदवारको अन्तिम बन्दसूचीमा उल्लेखित मतदाता भएको प्रदेश अन्तर्गतकोे जिल्लाको खण्ड हेरी आफ्नो जिल्ला अन्तर्गतको भए सम्बन्धित प्रदेश र जिल्ला निर्वाचन कार्यालयले आफ्नो कार्यालयबाट जारी हुने परिचयपत्र बमोजिमको विवरण अभिलेख राखी तोकिएको ढाँचामा परिचयपत्र उपलब्ध गराउन आयोगले सबै प्रदेश र जिलला निर्वाचन कार्यालयलाई निर्देशन दिने निर्णय गरेको हो ।