नेपालमा विदेशी मुद्राकाे सञ्चिति बढ्दै गएको छ । नेपाल राष्ट्र बैंकले आज बुधवार सार्वजनिक गरेको चालु आर्थिक वर्षको त्रैमासिक वित्तीय विवरणअनुसार असोज मसान्तसम्म नेपालमा नौ अर्ब ४८ करोड अमेरिकी डलर बराबरको विदेशी मुद्रा सञ्चिति रहेको छ । भदौदेखि असोजको बीचमा नेपालमा विदेशी मुद्राको सञ्चिति १३ करोड अमेरिकी डलरले बढेको हो । याे गएकाे वर्षको तीन महिनाको चुलनामा यो झन्डै साढे चार प्रतिशतले धेरै हो । यो रकमले नेपालमा आठ महिना तीन दिनको वस्तु तथा सेवा आयात धान्न पुग्ने राष्ट्र बैंकले जनाएको छ ।