मकवानपुर–मकवानपुरको हेटौंडा उपमहानगरपालिका र मनहरी गाउँपालिकाबाट आज १६४ जनाको स्वाब नमूना सङ्कलन गरिएको छझ । हेटौंडा–४, कर्रास्थित आइसोलेसन वार्डबाट आज एक सय ११ जनाको स्वाब नमूना सङ्कलन गरिएको हो भने, मनहरी गाउँपालिकाले पनि आज ५३ जनाको स्वाब नमूना सङकलन गरेर प्रयोगशालामा परीक्षणका लागि पठाएको छ ।
हेटौंडा–४, कर्रास्थित आइसोलेसन वार्डबाट आज सङ्कलन गरिएको स्वाब नमूनामा ११ वटा स्वाब कोरोना सङ्क्रमितको पुनः परीक्षणका लागि हो भने एक सय वटा स्वाब नयाँ व्यक्तिको भएको आइसोलेसन वार्डका जनस्वास्थ्य निरीक्षक भोलाप्रसाद चौलागाईले जानकारी दिनुभए को छ । यस्तै मनहरी गाउँपालिकाले आज ५३ वटा स्वाब नमूना सङकलन गरेर प्रयोगशालामा परीक्षणका लागि पठाएको जनाएको छ । यसअघि पनि गाउँपालिकाले दुईपटक पठाएको स्वाबको परीक्षण रिपोर्ट भने अझै प्राप्त हुन बाँकी रहेको गाउँपालिकाका सिनियर अहेव ज्योतिराज लुइटेलले जानकारी दिनुभएको छ । मनहरी गाउँपालिकाबाट यसअघि भदौ ५ गतेको २४ जनाको र भदौ ७ गते ७६ जनाको स्वाब नमूनाको रिपोर्ट आउन बाँकी रहेको छ ।