हेटौंडा– नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या ३३ हजार पाँच सय ३३ पुगेको छ । गएको २४ घण्टामा आठ सय ५५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा ११ हजार तीन सय २७ जनाको पीसीआर विधिमार्फत कोरोना परीक्षण गर्दा आठ सय ५५ जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ । यस्तै गएको २४ घण्टामा तीन सय १३ जना कोरोना सङ्क्रमित निको भएर घर फर्किएसँगै डिस्चार्ज हुनेको सङ्ख्या १९ हजार एक सय १९ पुगेको छ ।अब नेपालमा १२ हजार दुई सय ५० जना सक्रिय सङ्क्रमित रहेका छन् । तीमध्ये पाँच हजार ६ सय ६९ होम आइसोलेशन र आठ हजार पाँच सय ८१ जना संस्थागत आइसोलेशनमा रहेका छन् । यस्तै १० हजार चार सय ५३ जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ । यस्तै गएको २४ घण्टामा सात जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या एक सय ६४ पुगेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो ।