मकवानपुर– मकवानपुर प्रहरीले ११ किलो लागू औषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ । प्रहरीले मकवानपुरको मकवानपुरगढी गाउँपालिका–४, सामरीपुल स्थित विष्णुलाल रूम्बालाई लागुऔषध गाँजासहति पक्राउ गरेको हो ।
मकवानपुरगढी गाउँपालिका–४ का वर्ष ६८ को विष्णुलाल रुम्बाकाे ङरमा लागू औषध गाँजा लुकाई छिपाई राखेको छ भन्ने विशेष सूचनाको आधारमा हिजाे जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीको विशेष टोलीले घरमा खानतलासी गर्दा बोरा र प्लास्टिकको झोलामा राखेको ११ किलो लागूऔषध गाँजा फेला पारेको थियो । उनि बिरुद्ध थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरिक्षक इन्द्रबहादुर रानाले जानकारी दिनुभयो ।