हेटाैंडा– नेपाल कम्यूनिष्ट पार्टी, नेकपाको आन्तरिक समस्या समाधानका लागि गठित कार्यदलले बुझाएको प्रतिबेदनमाथि नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच अहिले छलफल भईरहेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा अध्यक्षद्वयबीच भईरहेको छलफलमा कार्यदलका संयोजक एवं नेकपाका महासचिव विष्णु पौडेल पनि सहभागी हुनुहुन्छ । गएको साउन ३० गते गठन गरिएको नेकपाको कार्यदलले भदौ ६ गते अध्यक्षद्वयलाई प्रतिबेदन बुझाएको थियो । अध्यक्षद्वयले कार्यदलले दिएको प्रतिबेदन अध्ययन गरी नेकपा सचिवालय वा स्थायी समिति बैठकमा प्रस्तुत गरी अनुमोदन गरिने छ । कार्यदलले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीले सरकारको बाँकी कार्यकाल पुरै नेतृत्व गर्ने र अर्का अध्यक्ष प्रचण्डले महाधिवेशनसम्म पार्टीको कार्यकारी अध्यक्षको हैसियतमा काम गर्ने गरी अध्यक्षद्वयबीच सहमतिका लागि सुझाव दिएको छ ।