मकवानपुर । जिल्ला प्रशासन कार्यालय मकवानपुरले आगामी मंसिर १ गतेबाट ५ गतेसम्म कार्यालयबाट प्रवाह हुने अत्यावश्यक बाहेकका सेवा बन्द हुने जनाएकाे छ । कार्यालय साेमबार एक सूचना जारी गर्दै आसन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको लागि कार्यालयका कर्मचारीहरु मतदान केन्द्रहरुमा खटिनुपर्ने भएकोले शान्ति सुरक्षा, विपदलगायतको अत्यावश्यक बाहेकको सेवा बन्द रहने जानकारी गराएको छ ।












