मकवानपुर – मकवानपुरमा पछिल्लाे केहि दिन देखि बाघ र चितुवाको आंकले स्थानीय त्रसित भएका छन् । केहि दिन देखि जिल्लाको हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१ क्षेत्रमा बाघ र मकवानपुरगढी–५, मा चितुवाको आतंकले स्थानीय वासिन्दाहरु त्रसीत भएका छन् । बाघले एकपछि आर्को स्थानमा पशुचौपाया मार्न थालेपछि स्थानीयहरु त्रसित बनेका हुन् ।
हेटौंडा–१, को भैरवडाँडा, चौकिटोल, चाइनाक्वाटर लगायतका क्षेत्रमा पछिल्लो केहि दिन यता देखिएको पाटे बाघले एक गाईको बाच्छो र आठ बाख्रा मारेको छ, भने, वन कार्यालयले राखेको क्यामेरामा समेत बाघ देखिएको छ । यता मकवानपुरगढी ५ आमभन्ज्याङ क्षेत्रमा स्थानीयहरुले बाघ भनेपनि चितुवाको आतंक बढेको डिभिजन वन कार्यालय हेटौंडाले जनाएको छ । बाघ आतंकले रातीको समयमा सुत्न समेत नपाएको र स्थानीय वासिन्दाहरु त्रसीत भएको स्थानीयले बताएका छन् । मकवानपुर जिल्ला बन्यजन्तु बाघको उपयुक्त बासस्थान नभएपनि पछिल्लो १५ दिनदेखि बाघले आतङ्क मच्चाएको छ ।
गत कार्तिक १३ गते हेटौंडा–१ भैरवडाँडा एक–एक वटा खशि र गाईको बाच्छा मारेको थियो । त्यसपछि कार्तिक २६ गते राति मकवानपुरगढी गाउँपालिका–६ मा ७ वटा बाख्रा र खसी मारेको कार्यालयले जनाएकाे छ । हेटौंडाको भैरवडाँडा र मकवानपुरगढी–५ बीचको दुरी करिब १० किलोमिटर छ । आफ्नो शिकारको खोजीमा भैरवडाँडामै आएको बाघ मकवानपुरगढीमा पुगेको हुन सक्ने स्थानीयहरुको अनुमान छ । बाघको कारण स्थानीयहरु एक्लादुग्लै हिड्डुल गर्न, पानी पँधेरो, घरायसी काम दाउरा, घाँस, सोत्तर लगायतका काम गर्न समेत डराउनु पर्ने स्थिति रहेको छ । आहाराको लागि पशुचौपाया खाने बाघले मान्छेलाई पनि आक्रमण गर्न सक्ने भएकोले स्थानीय त्रसित बनेका हुन् ।