file photo

क्रिकेटर सन्दीप लामिछानेविरुद्ध लागेको आरोपबारे प्रहरीले अनुसन्धान पुरा गरेको छ । आइतबार प्रहरी वृत्त गौशालाले अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालय काठमाडौँमा बुझाएको छ । प्रहरीले अनुसन्धान प्रतिवेदन बुझाएको सरकारी वकिल कार्यालय काठमाडौँका प्रमुख (सहन्यायाधिवक्ता) अच्युतमणि न्यौपानेले बताए ।
प्रहरीले सन्दीप विरुद्ध जबरजस्ती करणी गरेको कसुरमा अधिकतम सजाय हुन माग दाबी गरेको छ । अनुसन्धान प्रतिवेदनका आधारमा अभियोग पत्र तयार गरेर तिहार बिदापछि जिल्ला अदालतमा अभियोग पत्र दायर गरिने सह न्यायाधिवक्ता न्यौपानेले जानकारी दिए । आइतबार काठमाडौँ जिल्ला अदालतले सन्दीपलाई थप २ दिन हिरासतमा राख्न अनुमति दिएको थियो । सन्दीप असोज २० बाट गौशाला प्रहरीको हिरासतमा छन् । उनीविरुद्ध १७ वर्षीया किशोरीले प्रहरी वृत्त गौशालामा भदौ २१ मा बलात्कारको जाहेरी दिएकी थिइन् ।