मकवानपुर– दुवै मृगौला पिडित थाहानगर पालिका बज्रबाराहीका सिमोन गोपालीको उपचारको लागि परिवारले सहयोगको लागि अपील गरेका छन् । थाहा नगर वडा नम्बर १ कुञ्छालका राज गोपालीले भाईको उपचारको लागि सहयोग मागेका हुन् । गोपालीको उपचारको लागि २५ लाख रुपैयाँभन्दा बढी खर्च लाग्ने अस्पतालले जनाएको छ। तर परिवारको आर्थिक अवस्था कमजोर भएकोले सो बराबरको रकम जोहो गर्न सक्ने अवस्थामा परिवार छैनन्।
हामीले २० लाख उपचारमा खर्च गरिसक्यौँ, सके सम्म उपचार गरौँ भन्ने सोच थियो तर अब उपचार खर्च जुटाउन नसक्ने भयौँ सिमोनका दाजु राज गोपालीले भन्नु भयो,‘त्यसैले सबैसँग सहयोग मागिरहेका छौं।’
परिवार र आफन्तजनबाट केहि रकम संकलन गरेता पनि उपचारमा खर्च नपुग्ने भए पछि हाल भाई सिमानेलाई घरमै लाईलाशीस गरि राखिएको उहाँका बुबा सिताराम गोपालीले बताउनु भयो । उपचारमा भर्ना बाहेक थप २० देखि २५ लाख रुपैयाँसम्म आवश्यक पर्ने हुनाले सो बराबरको रकम जम्मा गर्न अस्पतालले भनेको छ । तर त्यति धेरै पैसा जोहो गर्न सकिरहेका छैनौँ ।
७ जना सदस्य भएको गोपालीको परिवारको मुख्य आम्दानीको स्रोत कृषिमात्रै हो । गोपालीका बुवाले भन्नु भयो,‘ १४ बर्षिय छोरा ५ बर्ष देखि बिरामी छ, यसरी थला परेपछि हातमुख जोड्ने जोहो गर्नु कि उपचार खर्च जुटाउनु भन्नेमा छौं।’ छोराको उपचारको लागि कतैबाट सहयोग जुटाइदिन उहाँले आग्रह गर्नु भएको भयो ।
गोपालीको उपचारमा लाग्ने रकम सहयोग गरिदिन परिवारले देशविदेशमा रहेका सबैलाई आग्रह गरेको छ। गेपालीलाई सहयोग गर्न चाहनेले सिमानेका दाई राज गोपालीको मो. ९८६२७२९४५१ र बुबाको मो.९८५५०७२११० मा सम्पर्क गर्न सकिनेछ।