मकवानपुर– मकवानपुरगढी गाउँपालिका–५ स्थित कालिवन–धादिङ सडकको स्लाप ढलान सुरु भएको छ । वडा नम्बर ५ को कालिवन देखि धादिङ सम्मको २ सय ४५ मिटर लामो तथा ७ मिटर चौडा सडकको स्लाप ढलान कार्य सुरु भएको हो ।

मकवानपुर क्षेत्र नम्बर २ का संघीय सांसद विरोध खतिवडाद्धारा आर्थिक वर्ष २०७६/०७७ को पुर्वाधार विकास साझेदारी कार्यक्रम अन्तरगत स्वीकृत योजना मध्ये विनियोजन गरिएको १ करोड रुपैयाँबाट स्लाप ढलान कार्य सुरु भएको हो । ठेक्का प्रकृयामा घटाघट बोलकवोलबाट १ करोड मध्ये ६० लाखमा काम सुरु भएको हो ।

स्लाप ढलानको सुभारम्भ गाउँपालिका अध्यक्ष बिदुर हुमागाईले गर्नुभएको हो । स्लाप ढलान सुभारम्भ कार्यक्रममा ६ नम्बर वडा अध्यक्ष टिका प्रसाद दाहाल ५ नम्बर वडा अध्यक्ष जित बहादुर घिमिरे लगायतको उपस्थिती थियो ।