हेटौंडा/ हेटौंडा उपमहानगरपालिका-८ को वडा अध्यक्षमा गठबन्धनका नेपाली कांग्रेसका रामकृष्ण थापा विजयी भएका हुन् । उनले नेकपा एमालेका बोल बहादुर कार्कीलाई पछी पार्दै जित हासिल गरेका हुन् । थापाले २२१३ मत प्राप्त गरेका छन् भने कार्कीले १९६८ मत प्राप्त गरेका छन् । कांग्रेसका थापाले एमालेका कार्कीलाई २४५ मतान्तरले पराजित गरेका छन् ।
यही वैशाख ३० गते सम्पन्न स्थानीय तह सदस्य निर्वाचनमा कांग्रेसको सिफारिस र माओवादी केन्द्र,नेकपा एस,जसपा,राप्रपाको समर्थनमा हेटौंडा-८ को वडाध्यक्षमा मनोनयन दर्ता गरेका थापाले एमालेको ४ दशको लामो इतिहासलाई तोडदै वडाध्यक्षमा निर्वाचित भएका हुन्। साथै उक्त वडामा थापा नेतृत्व गठबन्धनका २ सदस्य र २ जना एमालेका सदस्य निर्वाचित भएका छन्











