मकवानपुर – मकवानपुरको हेटौंडामा एक युवकमाथि गएराती खुकुरी प्रहार भएको छ । आइतबार राती हेटौंडा–१२ सिग्रेनी बस्ने २६ वर्षीय विरन घिसिङमाथि स्थानीय ३८ वर्षीय झोन सागर व्लोनले खुकुरी प्रहार गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेक बहादुर कार्कीले जानकारी दिनुभयो ।
कार्कीका अनुसार खुकुरी प्रहारबाट घिसिङ गम्भीर घाइते भएका छन् । घर नजिकै रहेको चौतारामा बसिरहेका उनलाई पुरानो रिसीबीको कारण ब्लोनले खुकुरी प्रहार गरेको उहाँले बताउनुभयो । प्रहरीका अनुसार गम्भीर घाइते भएका घिसिङको बायाँ पन्जामा गहिरो चोट लागेको छ । उनको हेटौंडा अस्पतालमा सामान्य उपचार पश्चात थप उपचारको लागी काठमाण्डौं स्थित वि एण्ड वि अस्पतामा रिफर गरिएको छ । खुकुरी प्रहार गर्ने ब्लोनलाई खुकुरी र खुडा सहित नियन्त्रण लिएर अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।











