मकवानपुर– मदन भण्डारी फाउण्डेशन मकवानपुरले भोली असाढ १४ गते ६८ औं मदन जयन्ती मनाउने निर्णय गरेको छ । शनिबार (आज) बसेको फाउण्डेशनको बैठकले बृक्षा रोपण कार्यक्रम गरेर मदन जयन्ती कार्यक्रम मनाउने निर्णय गरेको हो ।

मदन भण्डारी फाउण्डेशन मकवानपुरका अध्यक्ष रघुनाथ खुलालको अध्यक्षतामा शनिबार बसेको बैठकले मदन जयन्तीका अवसरमा बृक्षा रोपण कार्यक्रम गर्ने निर्णय गरेको हो । भोली हेटौंडा–९ स्थित मदन बाल उद्यानमा बृक्षा रोपण कार्यक्रम आयोजना गरिने अध्यक्ष खुलालले जानकारी दिनुभयो । भोली बिहान बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको प्रमुख आतिथ्यतामा बृक्षा रोपण कार्यक्रम हुने उहाँले जानकारी दिनुभयो । फाउण्डेशनले हरेक वर्ष विभिन्न कार्यक्रम गरेर मदन जयन्ती मनाउने गरेको र यस वर्ष भने बृक्षा रोपण कार्यक्रम आयोजना गर्न लागिएको उहाँले बताउनुभयो ।
त्यस्तै बैठकले मदन भण्डारी फाउण्डेशन, कोभिड–१९ प्रदेश आपतकालिन कोष प्रदेश कमिटीमा फाउण्डेशन मकवानपुरका तर्फबाट १५ हजार रुपैया उपलब्ध गराउने गर्ने निर्णय समेत गरेको छ । फाउण्डेशनले सामाजिक क्षेत्रमा समेत सकृय रुपमा कार्यक्रमहरु गर्दै आएको सन्दर्भमा अहिलेको कोरोना भाईरसका कारण जतील परिस्थितीमा फाउण्डेशनबाट आधिकारीक पत्राचार भएपछि सो रकम उपलब्ध गराईने उहाँले बताउनुभयो । बैठकमा फाउण्डेशनका प्रदेश कमिटी सदस्य जुनेली श्रेष्ठ, सचिव आशाकाजी श्रेष्ठ, कोषध्यक्ष लक्ष्मण प्रसाद भण्डारी, सदस्यहरु गणेश कुमारी प्धान, उत्तम शर्मा न्यौपाने, रमिला सापकोटा, कमल कुमार बिश्वकर्मा, शिवहरी दाहाल , भवानी शर्मालगायतको उपस्थिती थियो ।