साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार स्थिर देखिएको छ । दिनभर उतारचढाव देखिएको बजार परिसूचक नेप्से ०.०६ अङ्कको सामान्य गिरावट भएर २०४९.३८ को विन्दुमा बन्द भएको हो ।
कारोबार खुलेको सुरुवाती समयमा केही वृद्धि देखिएको नेप्से दिनभर जस्तो रातो देखिएपनि करिब २ बजेपछि भने उतारचढाव देखिएको थियो । अन्तिममा सामान्य गिरावट भएर बन्द भएको हो । ‘इन्ट्रा-डे’ कारोबारमा २०३३.४३ अको विन्दुसम्म झरेको थियो भने २०६४.५७ को उच्च बिन्दु कायम गरेको थियो ।
विकास बैंक, होटेल तथा पर्यटन, हाइड्रोपावर, जीवन बीमा र उत्पादनमुलक उपसूचकमा वृद्धि भएपनि बजारलाई लिड गर्ने बैंकिङसहित लघुवित्त उपसूचकमा गिरावट हुँदा नेप्से बढ्न सकेन । नेप्सेमा उतारचढावबीच ३ अर्ब माथिको कारोबार भएको छ । ६९ हजार ६५५ वटा कारोबारमा ९७ लाख ५१ हजार ९८५ कित्ता सूचीकृत धितोपत्र किनबेच हुँदा ३ अर्ब ७ करोड ७५ लाख रुपैयाँको किनबेच भएको हो ।