हेटौंडा । राष्ट्रिय युवा संघ नेपाल बागमती प्रदेशको प्रथम अधिवेशनबाट मकवानपुरका नरेन्द्र भण्डारी कोषाध्यक्षमा चयन भएका छन् । जय गुरुङको नेतृत्वमा ९७ सदस्यीय युवा संघ नेपालको बागमती प्रदेश कार्यसमिति चयन गरिएको हो । यसैगरी मकवानपुरबाट सदस्यहरूमा विश्वराज राई, इन्साफ़ केसी, सागर पाण्डे, छेकु लामा, मीनू वाईबा, विजय बलामी र सुवास गोले चयन भएका छन् ।
यस्तै समितिको उपाध्यक्षमा दिलिप पौडेल, सचिवमा राजु तिवारी सहसचिवमा माधव श्रीमाली, सहसचिवस् राजेश खड्का चयन भएका छन् । त्यस्तै बागमती युथफोर्सको संयोजकमा सुरेनविक्रम योन्जन चयन भएका छन् भने उपप्रमुखमा सुमितजंग कार्की छन् । युवा संघकै घटक साइबर सर्कल एवं प्रवक्तामा विनोद पौडेलसहित ९७ सदस्यीय प्रदेश कमिटी चयन भएको युवा संघले जनाएको छ । सूर्यविनायकमा भएको अधिवेशनको उद्घाटन एमाले महासचिव शंकर पोखरेलले गरेका थिए । अधिवेशनमा युवा संघ इन्चार्ज महेश बस्नेत, केन्द्रीय अध्यक्ष किरण पौडेल, क्रान्ति बुर्लाकोटी, महासचिव क्षितिज थेबेलगायतले शुभकामना दिएका थिए ।