मकवानपुर– मकवानपुरमा मोटरसाईकल र मिनी बस ठोक्किएर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ९ स्थित रजैयामा मोटरसाइकल दुर्घटना हुँदा मोटरसाईकल चालक भरतपुर महानगरपालिका–७ का २९ वर्षिय दिपेन्द्र अधिकारीको ज्यान गएको हो ।

हेटौंडाबाट चितवनतर्फ जादै गरेको ना. ४९ प. २४०० नम्बरको मोटरसाईकल र चितवनबाट हेटौंडातर्फ आउदै गरेको बा. ३ ख ९६६४ नम्बरको मिनी बस एकआपसमा ठोक्एिर गम्भीर घाइते भएका उनको उपचारको क्रममा हेटौंडाको चुरेहिल अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक ईन्द्र वहादुर रानाले जानकारी दिनुभयो । मिनी बस र बसका चालक प्रहरीको नियन्त्रणमा रहेको उहाँले बताउनुभयो ।