हेटौंडा – अन्तराष्ट्रीय युवा दिवसको अवसरमा हेटौंडामा शुक्रबार प्रभातफेरि कार्यक्रम आयोजना गरिएको छ । २२ औ अन्तराष्ट्रीय युवा दिवसको अवसरमा बागमती प्रदेश युवा परिषद्को आयोजनामा ‘अन्तरपुस्ता ऐक्यबद्धता, सबै उमेर समूहमैत्री विश्व निर्माणमा साझा प्रतिबद्धता’ भन्ने मुल नाराका साथ प्रभातफेरि कार्यक्रम आयोजना गरिएको हो ।

No description available.

हेटौंडा–४, हुप्रचौरस्थित परिषद्को कार्यालयबाट सुरु भएको प्रभातफेरी हेटौंडा बजार क्षेत्रको परिक्रमा गरि पुनः कार्यालय परिसरमै पुगेर सभामा परिणत भएको थियो । सभालाई सम्बोधन गर्दै बागमती प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईले युवा पुस्ताले अग्रजको ज्ञान लिएर युवा जोश र जाँगरका साथ समाज परिवर्तनमा लाग्नुपर्ने बताउनुभयो । युवा पुस्ताले अग्रजको ज्ञान लिएर भावी पुस्तालाई सुन्दर समाज निर्माण गर्नुपर्ने आवश्यकता रहेको कार्यकारी उपाध्यक्ष चौलागाईको भनाइ थियो ।
अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा बागमती प्रदेश सरकारको युवा तथा खेलकूद मन्त्री रत्न प्रसाद ढकालको अध्यक्षतामा १०१ सदस्यीय मूल समारोह समिति बनाएर सप्ताहव्यापी कार्यक्रम गरि मनाईएको छ । साउन २६ गतेदेखि सुरु भएको सप्ताहव्यापी कार्यक्रम साउन ३० गते ‘युवाको प्रश्न म युवा तथा खेलकूद मन्त्रीको उत्तर’ शीर्षकमा अन्तरक्रियाको आयोजना गरी समापन गरिने कार्यकारी उपाध्यक्ष चौलागाईले जानकारी दिनुभयो । कार्यक्रममा सरोकारवाला संघ÷ संस्था, राजनीतिक दलका युवा÷बिद्ध्यार्थी संगठनको उल्लेख्य सहभागिता रहेक़ो थियो।