हेटौंडा – युवा रेडक्रस सर्कल हेटौंडा र लायन्स क्लब अफ हेटौंडा सुर्योदय प्लसको आयोजनामा हेटौंडामा आयोजित तेश्रो राष्ट्रिय खुला हाजिरीजवाफ प्रतियोगितामा जुम्लाको टोलि प्रथम भएको छ । अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा शुक्रबार हेटौंडा–४, स्थित पशुपति मन्दिरको सभाहलमा सम्पन्न प्रतियोगितामा जुम्ला जिल्लाको दिपक खत्री र लोकराज अबस्थीको टोलि प्रथम भएको हो ।

No description available.

त्यस्तै प्रतियोगितामा गोरखा जिल्लाको प्रेम पाठक र लक्ष्मण बसेलको टोलि द्वितीय र मकवानपुर जिल्लाको सुशील भण्डारी र पुजन न्यौपानेको टोलि तृतीय भएको छ । प्रतियोगितामा प्रथम भएको जुम्लाको टोलिले २५ हजार रुपैयाँ नगद र मेडल प्राप्त गरेको छ । यसैगरी द्वितीय हुने गोरखाको टिमले १५ हजार रुपैयाँ र तृतीय हुने मकवानपुरको टोलिले १० हजार रुपैयाँ नगद र मेडल प्राप्त गरेको युवा रेडक्रस सर्कल हेटौंडाका अध्यक्ष सुजन खतिवडाले जानकारी दिनुभयो ।

No description available.

जिल्ला युवा समितिको कार्यालय मकवानपुरको समन्वयमा आयोजना गरिएको कार्यक्रमको उद्घाटन बागमती प्रदेश सभाका सभामुख सानू कुमार श्रेष्ठले गर्नुभएको थियो । कार्यक्रममा जिल्ला समन्वय समिती मकवानपुरका प्रमुख ललित बहादुर घलान, हेटौंडा उपमहानगरपालिका ४ नम्बर वडा अध्यक्ष नवीन सिग्देल, जिल्ला युवा समिती मकवानपुरका अध्यक्ष शिबहरि दाहाल, नेपाल रेडक्रस सोसाइटी मकवानपुरका सभापति सुर्यचन्द्र न्यौपाने तथा लायन्स क्लब इन्टरनेसनल डिष्ट्रीक ३२५ एसका द्रोश्रो गभर्नर टासी डोल्मा टुम्बाहाम्फेले मन्त्ब्य ब्यक्त गर्नुभएको थियो । कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी हेटौंडा उपशाखाका सचिब किशन घिसिङ्ग, कोषाध्यक्ष हिक्मत श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।