मकवानपुर – हेटौंडा उपमहानगरपालिका वडा नम्बर ९ मा नेकपा एमालेको पार्टी सुदृढिकरण एवम् सुद्धिकरण अभियान सुरु भएको छ । एमाले जिल्ला तथा नगर ककिटीको सर्कुलर बमोजिम शनिबार पार्टी वडा कमिटीको बैठकले अभियानको सम्पूर्ण तयारी पुरा गरेर सुरु गरेको हो ।
शनिबार पार्टी वडा कमिटीका अध्यक्ष यदुवंश खतिवडाको अध्यक्षता एवम् एमाले बागमती प्रदेश कमिटी सदस्य रघुनाथ खुलालको प्रमुख आतिथ्यतामा बसेको बैठकले संगठन सुदृढिकरण तथा सुद्धिकरण अभियानको लागि विभिन्न योजना निर्माण भएको छ । आगामी भदौ १५ गतेसम्म चल्ने अभियानका बारेमा आज वडा कमिटीले विभिन्न योजना तयार गरेको हो । बैठकमा अभियानका सहजकर्ता समेत रहनु भएका प्रदेश कमिटी सदस्य खुलालले स्थानीय तहको निर्वाचनमा भए गरेका कमिकमजोरीलाई सच्याउँदै अगाडी बढ्नुपर्ने बताउनुभयो । उहाँले स्थानीय तहको निर्वाचनमा देखापरेको कमजोरी अव दोहोरिन नहुने बताउनु भयो । उहाँले पार्टीमा अवसरवाद, अराजकता, दण्डहिनता, अनुसाशनहीनता लगायतका कुराले जरो गाडेको भन्दै त्यसको सुद्धिकरणका लागि अभियान सञ्चालन गरिएको बताउनुभयो । उहाँले सुखी नेपाली र समृद्ध नेपालको आकांक्षा पुरा गर्न, जनताको अपेक्षा पुरा गर्नको लागि आगामी सरकार एमालेको हुनुपर्ने भएकाले सोहि अनुसार लाग्न नेता कार्यकर्ताहरुलाई निर्देश्न दिनुभयो ।
बैठकले पार्टी सदस्य नवीकरण, नयाँ पार्टी सदस्य फर्म भर्ने, पार्टी प्रवेशलाई व्यवस्थित बनाउने, पार्टीको टोल कमिटी र जनसंगठनहरुलाई व्यवस्थित बनाउने, वडास्तरीय प्रशिक्षण आयोजना गर्ने निणर्य गरेको पार्टी वडा अध्यक्ष यदुवंश खतिवडाले जानकारी दिनुभयो । बैठकमा जिल्ला, नगर तथा वडा तहका नेता कार्यकर्ताहरुको यपस्थिती थियो ।