हेटाैंडा– कोभिड-१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले जारी लकडाउनलाई यही रुपमा थप्न सरकारलाई सिफारिस गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले लकडाउन थप्न सिफरिस गरेकाे हाे ।
प्रधानमन्त्री केपी शर्मा ओलीसहित बसेको बैठकले अत्यावश्यक सेवा संचालन गर्ने गरी लकडाउन थप्नु पन्ने सुझाव दिएको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायणप्रसाद बिडारीले संक्रमणको जोखिम अझै नसकिएको र नियन्त्रणका लागि सरकारले लिएको लकडाउनको नीति ठीक भएको निष्कर्ष बैठकले निकालेको बताउनुभयाे । ‘लकडाउन जस्तो छ त्यही रुपमा थपिन्छ, केकति दिन थप्ने भन्ने र अरु कुराहरु भोली बस्ने मन्त्रिपरिषद् बैठकले टुंगो लगाउँछ,’ बैठकपछि सचिव बिडारीले भन्नुभयाे । सरकारले गएको चैत ११ गतेदेखि लकडाउन गरिरहेको छ । पछिल्लोपटक लम्ब्याइएको लकडाउनको अवधि बिहीबार सकिँदैछ ।