मकवानपुर – हेटौंडा उपमहानगरपालिकाको सबै वडामा “सफा हेटौंडा अभियान” सुरु भएको छ । सुन्दर र हरीत शहरको रुममा चर्चामा रहेको हेटौंडालाई थप आक्रषक बनाउने उदेश्यका साथ गत साताबाट सुरु भएको “सफा हेटौंडा अभियान”आजबाट नगरका सबै वडामा सुरू भएको हो ।
बजार क्षेत्रमा रहेको सुन्दरतालाई नगर भरी लैजाने उद्देश्य अनुसार अभियानलाई वडा तहमै लगिएको हेटौंडा उपमहानगरकाकी मेयर मिनाकुमारी लामाले बताउनुभयो । अभियान अनुसार हेटौंडा १ र ११ को सिमाना बुद्धपार्क देखि भैरवडाँडा जाने सडक छेउमा बृक्षारोपण गरिएको थियो । गुलमोहर सहित बिभिन्न प्रजातीमा आक्रषक फुलका बिरुवा भैरवडाँडा जाने सडकको दुबै तर्फ करिब १५० बिरुवा नगर प्रमुख लामा, पुर्व मेयर हरीबहादुर महत, १ नम्बर वडा अध्यक्ष सबिन न्यौपानेले रोप्नु भएको थियो । अभियानमा राजमार्ग छेउमै रहेको बुद्धपार्क आसपासमा सफा अव्यवस्थित ढंगबाट फ्याकिएका बिभिन्न प्रकारका फोहर संकलन गर्ने र अनावश्यक झारपातलाई पन्छाउने काम समेत गरिएको थियो ।
हेटौंडा उपमहानगरको आयोजना र टोलबिकास सस्था नगर समन्वय समितिको समन्वयमा हेटौंडालाइ थप सुन्दर बनाउने अभियानलाई नगरबाट वडा हुँदै टोलसम्म पु¥याउने गरी काम थालिएको उपमहानगपालिकाले जनाएको छ । सुन्दर हेटौंडा निर्माणको अभियानलाई उपमहानगरका १९ वडामा रहेको ३५० टोलबिकास सस्था मार्फत कार्यान्वयनमा लाने तयारी छ । हेटौंडा–४ हुप्राचौरबाट सुरु भएको सफाई अभियान नगरका सबैवडाहरुमा अध्यक्षको नेतृत्व र टोलबिकास सस्थाको सक्रियतामा हप्ताको २ घण्टा श्रमदान मार्फत सञ्चालन गरिने बताईएको छ ।