हेटौंडा– टोल विकास संस्था वडा समन्वय समिति हेटौंडा–४ को अध्यक्षमा राजेन्द्र बस्ताकोटी निर्वाचित हुनु भएको छ ।शनिबार सम्पन्न तेश्रो बार्षिक साधारण सभा तथा अधिवेशनले बस्ताकोटीको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति सर्बसम्मत चयन गरेको हो ।
कार्यसमितिको उपाध्यक्ष सान्ता बिडारी, सचिबमा राजेश शर्मा, कोषाध्यक्ष सुन्दर न्यौपाने, सदस्यहरुमा गिता पौडेल, दामोदर अधिकारी, सुमित्रा श्रेष्ठ, अभयराज अर्याल, केदार ओझा, इन्द्र थापामगर र देबकुमारी ढकाल रहेका छन् । हेटौंडा–४ वडाका वडा अध्यक्ष नवीन सिग्देलको प्रमुख आतिथ्य एवम् टोल बिकास संस्था नगर समन्वय समितिका अध्यक्ष धुर्ब अधिकारीको बिशेष आतिथ्यमा भएको कार्यक्रममा नगर समन्वय समितिका महासचिव शिबहरि दाहाल, सचिब राजेन्द्र चौलागाईं, हेटौंडा उपमहानगरपालिका सामाजिक बिकास शाखा प्रमुख भैरब कुमाल, कानुन अधिकृत सुजन तिमल्सिना लगायतले मन्तव्य व्यत्त गर्नु भएके थियो । नब निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई आजै नगर समन्वय समितीका महासचिव शिबहरि दाहालले पद तथा गोपनियताको सपथ ग्रहण गराउनु भएको थियो ।