भारतले वेस्टइन्डिजविरुद्वको अन्तिम तथा तेस्रो एकदिवसीय सिरिजमा ११९ रनको जित निकाल्दै सिरिज क्लिन स्विप गरेको छ । भारतले वेस्टइन्डिजको मैदानमा ३९ वर्षमा पहिलो पटक सिरिज क्लिन स्विप गरेको हो ।
वर्षाले प्रभावित बनेको खेलमा भारतले टस जितेर पहिलो ब्याटिङ गर्दै ३६ ओभरमा ३ विकेट गुमाएर २ सय २५ रन बनाउँदा वर्षा भएको थियो। भारतका लागि ओपनर शिखर धवनले ५८ रन बनाउँदा सुभमन गिल ९८ रनमा नटआउट रहे। त्यस्तै श्रेयस अय्यर ४४ रन बनाउन सफल भएका थिए। त्यसपछि वेस्टइन्डिजलाई डर्कवर्थ लुइस नियमका आधारमा ३५ ओभरमा २ सय ५७ रनको लक्ष्य दिएको थियो । तर खराब प्रदर्शन गरेको वेस्टइन्डिज टिमले २६ ओभरमा १ सय ३७ रनमा अलआउट हुन पुग्यो। उसका लागि ब्रेन्डन किङ्ग र निकोलस पुरनले समान ४२–४२ रन बनाउनु सर्वाधिक रह्यो । वेस्टइन्डिजलाई सस्तैमा समेट्ने क्रममा युजबेन्द्र चाहलले ४ विकेट लिए भने मोहम्मद सिराज र सार्दुल ठाकुरले समान २-२ विकेट लिए ।