मकवानपुर – मकवानपुरमा सोमबार (आज) थप १ सय ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । पछिल्लो २४ घण्टामा ४९२ जनाको परिक्षण गर्दा थप १ सय ६६ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा कोरोना परिक्षण गराएका मध्ये ३३.७४ प्रतिशतमा कोरोना पुष्टि भएको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार पिसिआर विधिबाट १ सय ३५ जनाको परीक्षण गर्दा ९३ जनामा र एन्टिजेन विधिबाट ३ सय ५७ जनाको परीक्षण गर्दा ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसंगै जिल्लामा हालसम्म कोरोना संक्रमण हुनेको संख्या १७ हजार १ सय ८१ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा थप २० जना कोरोनामुक्त भएका छन् । योसँगै जिल्लामा हालसम्म संक्रमणमुक्त हुनेको संख्या १५ हजार ४ सय ३५ पुगेको कार्यालयले जनाएको छ । जिल्लामा हाल १ हजार ७१७ जना कोरोना भाइरसका सक्रिय संक्रमित रहेका मध्ये १० जना संस्थागत आईसोलेसनमा र १ हजार ७०७ जना होम आईसोलेसनमा उपचाररत रहेको कार्यालयले जनाएको छ ।