काठमाडौँ – साताको दोस्रो कारोबार दिन नेपाली शेयर बजारको परिसूचक नेप्से करिब १०० अङ्कले घटेर बन्द भएको छ । बजार खुलेदेखि नै ओरालो लागेको नेप्से, यस दिन ३.४२ प्रतिशतले घटेको हो ।
बजार उच्च अङ्कले घट्दा पनि यस दिन दुई कम्पनीको शेयर भने सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । यस दिन कुल कारोबार भएका २२८ कम्पनीहरूमध्ये जम्मा ८ कम्पनीको शेयर मूल्य बढेको छ । जसमध्ये विन नेपाल लघुवित्त र बुद्धभुमि नेपाल हाइड्रोपावरको शेयर मूल्य १० प्रतिशतले बढेर कारोबार भएको छ । यस दिन कारोबारमा आएका कर्णाली डेभलपमेन्ट बैङ्क, माउन्टेन इनर्जी, आशा लघुवित्त र ओरियन्टल होटलको शेयर मूल्य ७ प्रतिशतभन्दा बढीले घटेको छ ।
यस दिन नेप्से परिसूचक ९९.८६ अङ्कले घटेर २८२०.६५ विन्दुमा झरेको छ । त्यसैगरी,यस दिन सेन्सेटिभ इण्डेक्स १८.२० अङ्कले घटेको छ । सोमवार २२८ कम्पनीहरूका १ लाख १३ हजार २०५ पटकको कारोबारहरूमा ८ अर्ब ८८ करोड ८५ लाख रुपैयाँ बराबरका १ करोड ७० लाख ६३ हजार कित्ता शेयर किनबेच भएका छन् । सोमबार १३ वटै उपसमूहको परिसूचक घटेका छन् जसमध्ये वित्त, विकास बैङ्क र जलविद्युत उपसमूहको परिसूचक ४ प्रतिशतभन्दा बढीले घटेको छ ।