मकवानपुर– शैक्षिक सहयोग अक्षय कोष, मकवानपुरको वार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष एवम् जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालको अध्यक्षतामा दास्रो साधारण सभा भएको हो ।
साधारण सभाले संस्थाको संस्थागत र आर्थिक प्रतिवेदन पारित गर्नुका साथै यसै वर्षबाट वितरणको तयारी गरिएको छात्रबृति सम्बन्धी कार्यविधी समेत अनुमोदन गरेको छ । साधारणसभामा संस्थाका सचिव बद्री पाठकले संस्थागत र कोषध्यक्ष राम कृष्ण थापाले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । साधारण सभाले संस्थाको बचत कोषमा रहेको करीब ८५ हजार रुपैयाबाट यस वर्ष जिल्लाका १० वटै स्थानीय तहमा संस्थाको कार्यविधि अनुसार छात्रबृति वितरण गर्ने निर्णय गरेको छ । गत वर्ष भदौ महिनाबाट सुरु भएको कोषमा हालसम्म ७ संस्थागत, ६ जना विशिष्ट, ६१ आजीवन, १ जना पारिवारिक र १८ जना साधारण सदस्य गरी ९३ जना आवद्ध हुनुभएको छ । संस्थामा हालसम्म सदस्यता वापत १० लाख ४५ हजार ६६८ रुपैयाँ जम्मा भएको छ ।
कार्यक्रममा संस्थाका अध्यक्ष खुलालले शिक्षाको अवरबाट बञ्चित विपन्न, असाहाय अनाथ, विभिन्न कारणले अभिभावक गुमाएका, विस्तापित एवम् जोखिममा रहेका बालबालिकालाई न्युनतम शिक्षाको अवसर दिलाउने तथा शिक्षाका अन्य क्षेत्रमा समेत सहयोग पु¥याउने उदेश्यका संस्था स्थापना भएको बताउनुभयो । उहाँले आगामी दिनमा संस्थामा आवद्ध भएर जिल्लाको शैक्षिक क्षेत्रमा योगदान पु¥याउन सबैलाई आग्रह गर्नुभयो । संस्थामा आवद्ध सदस्यहरुलाई संस्थाको विधान बमोजिम उदेश्य र कार्यहरु प्राप्तीका लागि सकृय भएर लाग्न समेत उहाँले अनुरोध गर्नुभएकाे छ । साधारण सभामा संस्थाका विशिष्ट सदस्य देव श्रेष्ठ, नबराज अर्याल, सदस्य मुकुन्द अधिकारी र चन्द्रावती पनेरु लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।