हेटाैंडा– मकवानपुरको भिमफेदीमा एक जनामा आरडीटी रिपाेर्ट पोजेटिभ देखिएको छ । भिमफेदीमा र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) विधिबाट कोरोना टेष्ट गर्दा पोजेटिभ देखिएको हो । भिमफेदी गाउँपालिकामै कार्यरत कर्मचारीमा आरडीटी पोजेटिभ देखिएको अध्यक्ष हिदम लामाले वताउनुभयो । कामको शिलसिलामा सप्तरी पुगेर गाउँपालिकामा फर्किएका कर्मचारीलाई आरडीटी परिक्षण गर्दा पोजेटिभ देखिएको अध्यक्ष लामाले वताउनुभयो ।

आरडीटी पोजेटिभ देखिएका पुरुषलाई हेटौंडाको कर्रामा रहेको आइसोलेसनमा राखिएको स्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख प्रणय उपाध्यायले वताउनुभयो । प्राथमिक स्वास्थ्य केन्द्र भीमफेदीले सोमबार दुई जनाको आरडीटी परीक्षण गरेकाे मध्ये एक जना पुरुषको रिपोट एन्टिबडी (आरडीटी) पोजेटिभ देखिएको हो । उनकाे स्वाब संकलन गरेर पीसीआर परीक्षणका लागि हेटौंडा स्थित किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रमा पठाइएकाे छ ।