हेटौंडा । मकवानपुरको पूवी क्षेत्र बकैया गाउँपालिकामा बिद्यालयका किशोरी र महिला शिक्षकले प्रयोग गर्नका लागि खरिद गरेको सेनिटरी प्याड खरिदमा पनि कमिसनको खेल रहेको पाइएको छ । आर्थिक वर्ष २०७७–०७८ मा संघीय सरकारबाट प्राप्त रकमबाट सेनिटरी प्याड खरिद गर्दा अनियमिता भएकोमा महालेखा परिक्षकको कार्यालयले प्रश्न गरेको छ । सेनिटरी प्याड खरिदमा गाउँपालिकालाई नोक्सान हुनेगरी १२ लाख २१ हजार ६१ रुपैया बढी भुक्तानी दिएको महालेखा परिक्षकको कार्यालयले हालसालै सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ ।
बकैयाँ गाउँपालिकाले बोलपत्र मार्फत खरिद गरेको सेनिटरी प्याड र सोझै खरिद गरेको सेनिटरी प्याड खरिदमा बढी रकम भुक्तानी गरेको महालेखा परिक्षकको कार्यालयले जनाएको छ । बकैयाँका बिद्यालयमा अध्यनरत किशोरी बिद्यार्थी महिनावारी हुँदा प्रयोग गर्ने सेनिटरी प्याड खरिदमा पनि प्रतिप्याकेट २४० रुपैयाँ बढी रकम गाउँपालिकाले भुक्तानी गरेको जनाएको छ । सर्ब सुलभ रुपमा प्राप्त गर्ने सेनिटरी प्याड गाउँपालिकाले सोझै पहिले खरिद गर्दा प्रतिपिस १० रुपैयाँमा खरिद गरेकोमा दरभाउ कर्ताले प्रतिपिस ४० रुपैयाँ कबोल गरेकोमा त्यही सामान खरिद गरेकोमा महालेखाले प्रश्न उठाएको हो ।
महालेखा परिक्षकको कार्यालयले सेनिटरी प्याड खरिदको बिषयमा दिएको सुझाब छ ।