विश्वका विभिन्न देशहरुको तुलनामा नेपालको पासपोर्ट कमजोर देखिएको छ । हेन्ली ग्लोबल नामक संस्थाले सन् २०२२ का लागि सार्वजनिक गरेको सूचीमा नेपालको पासपोर्ट १ सय ६ औं स्थानमा छ । नेपालसँंगै प्यालेस्टाइन पनि १ सय ६ औं स्थानमा छ ।
६० देशमा पहुँच हुने छिमेकी राष्ट्र भारत ८७ औं स्थानमा रहँदा ८० देशको पहुँचसंगै चीन ७९ औं स्थानमा छ । सबैभन्दा शक्तिशाली पासपोर्ट जारी गर्नेमा जापान पहिलो, सिंगापुर दास्रो र दक्षिण कोरिया तेस्रोमा छन् । आर्थिक अबस्थाबाट टाट पल्टिएको श्रीलङ्का १ सय ३ औं स्थानमा छ । त्यस्तै, सोमालिया, पाकिस्तान, सिरिया, इराक, अफगानिस्तान नेपाल भन्दा कमजोर देखिएका छन् ।