प्रधानमन्त्री शेरबहादुर देउवा तीन दिने औपचारिक भ्रमणका लागि भारतको नयाँ दिल्ली प्रस्थान गर्नुभएको छ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट केहीबेर अघि दिल्ली प्रस्थान गर्नुभएका प्रधानमन्त्री देउवाको साथमा चार जना मन्त्री पनि हुनुहुन्छ । प्रधानमन्त्री देउवालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली सेनाको टोलीले बिदाइ गरेको थियो । प्रधानमन्त्रीलाई बिदाइ गर्न सभामुख अग्नि सापकोटा, गृह मन्त्री बालकृष्ण खाणलगायत पनि विमानस्थल पुग्नुभयो । प्रधानमन्त्री देउवासँग आज दिउँसो साढे चार बजे भारतीय विदेश मन्त्री एस जयशंकर र सुरक्षा सल्लाहकार अजित डोभालले भेट गर्ने कार्यक्रम छ ।