मकवानपुर – मकवानपुरको विकट राक्सिराङ गाउँपालिकाको आगामी आर्थिक वर्ष २०७९÷८० को नीति, कार्यक्रम पारित भएको छ । गाउँपालिका उपाध्यक्ष बनस्तम थिङले शुक्रबार आयोजित गाउँसभाको १२औं अधिवेशनको पहिलो बैठकमा प्रस्तुत गर्नु भएको वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित भएको हो ।
गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लको अध्यक्षतामा भएको १२ गाउँसभामा उपाध्यक्ष थिङले समग्र राक्सिराङ्ग बासीको जीवन स्तर सुधार हुने नीति कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । नीति तथा कार्यक्रममा भौगोलिक रुपमा विकट र आर्थिक, सामाजिक रुपले पिछडिएका साथै गाउँपालिकामा विभिन्न हिसावले बञ्चितीमा परेको समुदायको उत्थानलाई मुख्य प्राथमिक्तामा राखिएको प्रमुख प्राशासकिय अधिकृत देवचन्द्र गर्तौलाले बताउनुभयो । गाउँपालिकाले नीति कार्यक्रम कार्यान्वयन गर्ने गरि आगामी आर्थिक वर्षको बजेट भने, असार २५ गते भित्र सार्वजनिक गरेर पारित गर्ने उहाँले जानकारी दिनुभयो ।