पोखरा महानगरपालिकामा नेकपा एमालेका जनप्रतिनिधिहरुले नगरसभा बहिस्कार गरेका छन् । उपप्रमुख मञ्जुदेवी गुरुङले बजेट प्रस्तुत गर्नुअघि नै रातो किताब आएको भन्दै बैठक बहिस्कार गरेका हुन् । उनीहरुले रातो किताब समेत च्यातेका छन् । ‘नगरप्रमुखले बजेट भाषण नगर्दै रातो किताब आएको छ । यो हामीलाई मान्य छैन,’ एमाले नेता राधिका शाहीले भन्नुभयो ।