हेटौडा । नेकपा एमाले निकट बिधार्थी संगठन अनेरास्ववियुले पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरुद्ध सोमबार हेटौडामा प्रदर्शन गरेको छ । अनेरास्ववियु हेटौडा नगर कमिटीको आयोजनामा बागमती प्रदेशको राजधानी हेटौडाको मुख्य बजार स्थित बुद्धचोकमा संगठनका नेता कार्यकर्ता तथा विधार्थीहरुको उपस्थितिमा प्रदर्शन भएको हो ।

प्रदर्शनमा प्रधानमन्त्री शेर बहादुर देउवाको पुत्ला दहाल गर्दै ‘नालायक सरकार राजिनामा दे, अर्थमन्त्र राजिमानामादे, युवा विधार्थी एक है, मूल्य वृद्धि खारेज गर, जनता मार्न पाइदैन मूल्य वृद्धि चाहिदैन, सडक हामि तताउछौ मूल्य वृद्धि घटाउछौ लगायतका नारा लगाएका थिए । प्रदर्शनमा अनेरास्ववियु मकवनापुरका अध्यक्ष विशल पौडेलले हप्तौ पिछे सरकारले आम जन्ताको ढाड सेक्नेगरि गर्दै आएको मूल्य वृद्धिमा आम जनसमुदाय मौन बस्न नसक्ने र तत्काल मूल्य वृद्धिफिर्ता नालियामा अनेरास्ववियुले अझ ससक्त आन्दोलन गर्ने चेतावनी दिनुभयो । प्रदर्शन कार्यक्रममा अनेरास्ववियु स्थायी कमिटी सदस्य सन्तोष पौडेल, सचिवालय सदस्य किशन घिसिङ्ग, अनेरास्ववियु मकवानपुरका उपाध्यक्ष भुवन मैनाली, अमृत बर्तौला, सचिब पुस्कर तिमल्सिना, सह–सचिब प्रमोद फुयाल, अखिल फोर्स तथा स्वयम् सेवक विभाग प्रमुख मनिष मान श्रेष्ठ, हेटौडा नगर कमिटी संयोजक नवराज शर्मा पौडेल, हेटौडा क्याम्पस संयोजक अभि मैनाली सहित विधार्थी नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।











