सरकारले अमेरिकाको स्टेट पार्टनरशिप प्रोग्राम (एसपीपी) मा नजाेडिने निर्णय गरेको छ । आज साेमवार बेलुका बसेको मन्त्रिपरिषद्को बैठकले एसपीपीमा नजाेडिने बताउँदै अमेरिकालाई पत्र पठाउने निर्णय गरेको भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले उज्यालोलाई जानकारी दिनुभयो । बैठकले एसपीपीको विषयमा यसअघि भएका पत्राचारमा कुटनीतिक कमजोरी भएको पनि निष्कर्ष निकालेको छ । अमेरिकी सैन्य गतिविधिसँग जोडिएको एसपीपीमा सहभागी हुनका लागि सरकारले सन् २०१५ मै अमेरिकालाई लेखेको पत्र सार्वजनिक भएपछि यसको चौतर्फी विरोध भएको थियो ।