अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को अध्यक्षमा पंकजविक्रम नेम्वाङ निर्वाचित हुनुभएकाे छ । आज साेमवार भएकाे चुनावमा कर्माछिरिङ शेर्पालाई मतले हराउँदै नेम्वाङ विजयी हुनुभएकाे हाे । नेम्वाङले ४५, शेर्पाले ३९ र स्वतन्त्र उम्मेदवार राजिव पाैडेलले एक मत पनि पाउनुभएन । नेम्वाङ यसअघि वरिष्ठ उपाध्यक्ष र शेर्मा अध्यक्ष हुनुहुन्थ्याे । चुनावमा ८४ मत खसेकाे थियाे ।