मकवानपुर – जिल्ला समन्वय समिति (जिसस) मकवानपुरका प्रमुख ललितबहादुर घलानले बालबालिकाको क्षमता विकासका लागि अतिरिक्त कृयाकलाप जरुरी रहेको बताउनुभएको छ । सोमबार हेटौंडा–१३, पदमपोखरी स्थित महेन्द्र माविमा आयोजित हाजिरी जवाफ कार्यक्रममा बोल्दै उहाँले बालबालिकाको क्षमता विकासका लागि अध्यनसंगै अतिरिक्त कृयाकलाप जरुरी रहेको बताउनुभएको हो ।
प्रमुख घलानले भन्नुभयो – बालबालिका भनेको देशका कर्णधार हुन । बालबालिकामा भएको क्षमताहरुलाई विकास गर्दै बालबालिकालाई सकारात्मक बाटोतीर लैजान यस्ता अतिरिक्त कृयाकलाप समय समयमा गर्न एकदमै जरुरी छ ।” उहाँले शैक्षिक क्षेत्रको विकासका लागि शिक्षक, अभिभावक र विद्यार्थीको ठुलो भुमिका हुने कुरामा समेत जोड दिनुभयो ।

No description available.

हेटौंडा उपमहानगरपालिकाको शिक्षा विकास महाशाखाको आयोजनामा उपमहानगर स्तरिय जभतबगमब त्रगष्श–द्दण्ठढ भएको हो । प्रतियोगितामा पदमपोखरी क्षेत्रका आधारभुत र माध्यमिक गरि १४ वटा विद्यालयको सहभागिता थियो । प्रतियोगितामा महेन्द्र मावि, भृकुटी मावि, बुद्ध मावि, जनजागृती मावि, जनज्योती मावि, सनराईज मावि र फेमकल मावि तथा श्री विष्णु आवि, युग चेतना आवि, कालिका आवि, शुप्रभात आवि, चन्देदय आवि, प्रतिभा आवि र दिप ज्योती आविको सहभागिता रहेको थियो । प्रतियोगितामा विद्यार्थीहरुलाई विभिन्न चरणमा गरि विज्ञान तथा प्रविधी, गणित, नेपाली तथा साहित्य, भुगोल, सामाजिक, कला संस्कृति, खेलकुद, बौद्धिक प्रश्न र समासामयीक विषयमा प्रश्नहरु सोधिएको थियो । महेन्द्र माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शंकर बहादुर रोक्काको अध्यक्षतामा भएको कार्यक्रममा जिसस सदस्य सुनिता दर्नाललगायतको सहभागिता थियो ।

No description available.
No description available.