काठमाडौं– प्रधानमन्त्री केपी ओलीको एपेन्डिसाइटिसको शल्यक्रिया सफल भएको छ । प्रधानमन्त्री केपी ओलीको त्रिवि शिक्षण अस्पताल परिसरमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर सेन्टरमा एपेन्डिसाइटिसको सफल शल्यक्रिया भएको हो ।
त्रिवि शिक्षण अस्पतालका ग्याष्ट्रोइन्टेरोलोजी, पित्त तथा कलेजो प्रत्यारोपण सर्जन डा.रमेशसिंह भण्डारी प्राडा अरुण सायमीकाे टोलीले शल्यक्रिया गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिनुभयो । शल्यक्रियापछि अहिले प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।
