फाइल फाेटाे

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीको एपेन्डिसाइटिसको शल्यक्रिया गर्ने तयारी चिकित्सकहरुले गरेका छन् । प्रधानमन्त्रीलाई मंगलवार विहान पेटमा पीडा भएपछि स्वास्थ्य परीक्षणका लागि महाराजगञ्जस्थित त्रिभुवन शिक्षण अस्पतालको मनमोहन कार्डियो भास्कुलर सेन्टर पुग्नुभएको थियो ।

स्वास्थ्य परिक्षण क्रममा उहाँको एपेन्डिासाइटिसको शल्यक्रिया गर्नुपर्ने निष्कर्षमा चिकित्सहरु पुगेपछि प्रधानमन्त्री ओलीलाई अस्पतालमा भर्ना गरी शल्यक्रियको तयारी गरिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो ।