हेटौंडा – नेकपा एमालेका तर्फबाट हेटौंडा उपमहानगरपालिकामा संसदिय दलको नेतामा ४ नम्बर वडा अध्यक्ष नविन सिग्देल चयन हुनु भएको छ । आज पार्टी कार्यालयमा बसेको बैठकले स्थानीय तहमा पार्टीको तर्फबाट प्रभावकारी भुमिका निर्बाह गर्न, पार्टीका घोषित नीति कार्यक्रमलाई स्थानीय तहमा प्रभावकारी ढंगले कार्यान्वयन गराउन एमालेले हेटौंडा उपमहानगरपालिका संसदीय दल गठन गरेको हो ।
बैठकले हेटौंडा उपमहानगरपालिकामा निर्वाचित सदस्यहरू मध्यबाट संसदीय दल गठन गरेको हो । दलको उप नेतामा १८ नम्बर वडा अध्यक्ष अनिल बाँनिया, प्रमुख सचेतकमा १५ नम्बर वडा अध्यक्ष सुनिल मोक्तान, सचेतकमा ११ नम्बर वडा अध्यक्ष जुना दाहाललाई चयन गरेको छ । यस्तै संसदीय दलको बोर्ड सचिबमा १० नम्बर वडा अध्यक्ष फुर्वा दोर्जे लामा चयन हुनु भएको एमाले मकवानपुरले जनाएको छ । बैठकले कुल १९ सदस्यीय बोर्ड गठन गरेको हो । हेटौंडा उपमहानगर कार्यपालिकामा एमालेका ५४ जना सदस्य छन् । एमाले केन्द्रीय सदस्य रामेश्वर राना, केन्द्रीय सल्लाहकार सदस्य डोरमणि पौडेल, केन्द्रीय सदस्य जुनेली श्रेष्ठ, एमाले मकवानपुरका अध्यक्ष एकालाल श्रेष्ठको आतिथ्यतामा संसदीय दलको जिम्मेवारी बाँडफाँड गरिएको हो ।