मकवानपुर–मदन भण्डारी फाउण्डेशन मकवानपुरको अध्यक्षमा पुनः रघुनाथ खुलाल चयन हुनु भएको छ । आईतबार हेटौंडामा सम्पन्न तेस्रो अधिवेशले पुनः खुलालको अध्यक्षतामा १७ सदस्य नयाँ कार्यसमिति चयन गरेको हो ।

अधिवेशनले फाउडेशनको उपाध्यक्षमा आशाकाजी श्रेष्ठ, सचिवमा बोलबहादुर कार्की, सहसचिवमा शिवहरी दाहाल र कोषध्यक्षमा चन्दावती पनेरुलाई चयन गरेको छ । यस्तै सदस्यहरुमा मुकुन्द अधिकारी, उत्तम न्यौपाने, तुलसी रिजाल, धर्म बस्नेत, सानु लामा, रवि रेग्मी, विवश अधिकारी, गोकर्ण तिवारी, किशन घिसिङ, राधिका चौलागाई र कुमार केसीलाई चयन हुनु भएको छ । अध्यक्ष खुलालले आवश्यक्ता अनुसार अन्य सदस्यहरु थप गर्दै जाने समेत बताउनुभयो ।

मदन भण्डारी फाउण्डेशनका अध्यक्ष खुलालको अध्यक्षता तथा बागमती प्रदेशका प्रथम मुख्यमन्त्री एवम् फाउण्डेशनका केन्द्रिय सदस्य डोरमणि पौडेलको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा प्रमुख आतिथि पौडेलले जननेता मदन भण्डारीले अघि सारेको विचार र मान्यताहरुको अध्ययन, अनुसन्धान विकास तथा तिनको कार्यान्वयन गर्दे सामाजिक विकास गर्ने उदेश्यले फाउण्डेशनको स्थापना भएको बताउनुभयो । उहाँले जननेता मदन भण्डारीका नविन बिचारलाई नयाँ पुस्तामा हस्तान्तरण गर्न फाउण्डेशनले महत्वपूर्ण भुमिका निर्वाह गरेको बताउनुभयो ।

यस्तै एमाले केन्द्रिय सदस्य एवम् मकवानपुर ईन्चार्ज रामेश्वर रानाले जननेता मदन भण्डारीले अघि सारेको जनताको बहुदलीय जनवादको सिद्धान्तलाई मार्ग दर्शन बनाएर फाउण्डेशनले आफ्ना गतिविधि अघि सार्नु पर्ने बताउनुभयो । एमाले मकवानपुरका अध्यक्ष एकालाल श्रेष्ठले फाउण्डेसनले आगामी दिनमा विभिन्न कार्यक्रम मार्फत जन नेता मदन भण्डारीका विचार गाउँगाउँसम्म पु¥याउन महत्वपूर्ण भुमिका निर्वाह गर्नुपर्ने धारणा राख्नु भयो । कार्यक्रममा फाउण्डेशनका प्रदेश सदस्य जुनेली श्रेष्ठ, एमाले मकवानपुरकी जिल्ला कमिटी सदस्य गणेश कुमारी प्रधानलगायतको सहभागिता थियो । अधिवेशनका अवसरमा फाउण्डेशनले स्थापना गरेको श्रीचन्द्र शर्मा स्मृति सम्मानबाट हेटौंडा–५ निवासी पुराना बामपन्थी नेता बम बहादुर लामालाई नगद ११ हजार १११ रुपैयाँबाट सम्मानीत गरिएको थियो ।