इंग्लिस क्लब म्यानचेस्टर युनाईटेड च्याम्पियन्स लिग फुटबलबाट बाहिरिएको छ । गएराति भएको दोस्रो लेगमा एट्लेटिको मड्रिडसँग १–० ले पराजित भएसँगै म्यानचेस्टर युनाईटेड बाहिरिएको हो ।
स्पेनमा भएको पहिलो लेगमा युनाईटेड र एट्लेटिको मड्रिडले १–१ गोलको बराबरी खेलेका थिए । तर, घरेलु लेगमा युनाईटेड पराजित भयो । युनाइटेडलाई हराएसँगै एट्लेटिको मड्रिड क्वाटरफाइनलमा प्रवेश गरेको छ । ओल्ड ट्राफोर्डमा एट्लेटिकोलाई जिताउन खेलको ४१ औँ मिनेटमा रेनान लोडीले निर्णायक गोल गरे । यस्तै, गएराति नै भएको अर्को खेलमा पोर्चुगिज क्लब बेन्फिका पनि अन्तिम आठमा प्रवेश गरेको छ । अन्तिम १६ को दोस्रो लेगमा आयाक्सलाई १–० ले हराउँदै बेन्फिकाले समग्रमा ३–२ को जित निकाल्दै अन्तिम आठमा प्रवेश गरेको हो ।