मकवानपुर – मदन भण्डारी फाउण्डेशन मकवानपुरका संस्थापक अध्यक्ष श्रीचन्द्र शर्माको स्मृतिमा स्थापित “श्रीचन्द्र शर्मा स्मृति सम्मान” पुरस्कारबाट बम बहादुर लामा सम्मानित हुनु भएको छ । फाउण्डेशन मकवानपुरले यसै वर्षबाट प्रदान गर्न सुरु गरेको उक्त सम्मानबाट हेटौंडा–५, निवासी पुराना कम्युनिष्ट नेता लामा सम्मानित हुनु भएको हो ।
मदन भण्डारी फाउण्डेशन मकवानपुरले संस्थापक अध्यक्ष शर्माको स्मृतिमा अक्षय कोष स्थापना गरेर यसै वर्षबाट पुरस्कार प्रदान गर्न सुरु गरेको हो । आज फाउण्डेशनको तेस्रो अधिवेशनका अवसरमा ११ हजार १११ रुपैयाँ राशीको उक्त सम्मान लामालाई प्रदान गरिएको हो । नेपालको मजदुर आन्दोलनदेखि हालसम्म पनि विभिन्न कम्युनिष्ट आन्दोलनमा देश र जनाताको पक्षमा लागेर समाज परिर्वतनमा अतुलनिय योगदान पु¥याउनु भएको भन्दै लामालाई सम्मान गरिएको हो ।
कार्यक्रममा बागमती प्रदेशका प्रथम मुख्यमन्त्री एवम् फाउण्डेशनका केन्द्रिय सदस्य डोरमणि पौडेलले जननेता मदन भण्डारीले अघि सारेको विचार र मान्यताहरुको अध्ययन, अनुसन्धान विकास तथा तिनको कार्यान्वयन गर्दे सामाजिक विकास गर्ने उदेश्यले फाउण्डेशनको स्थापना भएको बताउनुभयो । उहाँले जननेता मदन भण्डारीका नविन बिचारलाई नयाँ पुस्तामा हस्तान्तरण गर्न फाउण्डेशनले महत्वपूर्ण भुमिका निर्वाह गरेको बताउनुभयो ।
कार्यक्रममा एमाले केन्द्रिय सदस्य एवम् मकवानपुर ईन्चार्ज रामेश्वर रानाले जननेता मदन भण्डारीले अघि सारेको जनताको बहुदलीय जनवादको सिद्धान्तलाई मार्ग दर्शन बनाएर फाउण्डेशनले आफ्ना गतिविधि अघि सार्नु पर्ने बताउनुभयो । एमाले मकवानपुरका अध्यक्ष एकालाल श्रेष्ठले फाउण्डेसनले आगामी दिनमा विभिन्न कार्यक्रम मार्फत जन नेता मदन भण्डारीका विचार गाउँगाउँसम्म पु¥याउन महत्वपूर्ण भुमिका निर्वाह गर्नुपर्ने धारणा राख्नु भयो । मदन भण्डारी फाउण्डेशन मकवानपुरका अध्यक्ष रघुनाथ खुलालको अध्यक्षतामा भएकाे अधिवेशनमा फाउण्डेशनका प्रदेश सदस्य जुनेली श्रेष्ठ, एमाले मकवानपुरकी जिल्ला कमिटी सदस्य गणेश कुमारी प्रधानलगायतको सहभागिता थियो । अधिवेशले पुन रघुनाथ खुलालको अध्यक्षतामा १७ सदस्य नयाँ कमिटी समेत गठान गरेको छ ।