मकवानपुर – हेटौंडामा जारी चौथो संस्करणको स्थानीय तह शहीद स्मृति मकवानपुर गोल्डकप अन्तर्गत् आज मंगलबार मनाङ मस्र्याङ्दी क्लब र नेपाल पुलीस क्लब बीच प्रतिष्पर्धा हुने छ । सेमिफाइनल प्रवेशका लागि हेटौंडा–५, स्थित पिप्ले रंगशालामा दिउँसो ४ बजे यी दुवै टोली आमने सामने हुने भएका हुन् ।
प्रतियोगिता अन्तरगत खुमलटार युथ क्लबलाई पराजित गर्दै नेपाल पुलिस क्लब क्वाटर फाईनल प्रवेश गरेको हो । भने, मनाङ सिधै क्वाटरफाईनल चरणमा खेल्न लागेको हो । मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १५ लाख नगद पुरस्कार पाउनेछ । प्रतियोगिताको उपविजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछ । १२ टिमको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल जेठ ३० गते हुनेछ ।