सांकेतिक तस्वीर

मकवानपुर – मकवानपुरको मनहरीमा चट्याङ लागेर एक जना महिलाको ज्यान गएको छ । गएराती परेको चट्याङ लागेर मनहरी गाउँपालिका वडा नम्बर–६ हिलादमारकी स्थानीय ३७ बर्षीय माया बाल्पा थिङको मृत्यु भएको हो । घरमै बसिरहेको अवस्थामा चट्याङ लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । उहाँको घरमै बसिरहेको अवस्थामा चट्याङ लागेर घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।